नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसांघका नायब महासचिव जान इलिएस्सनले पुनर्निर्माण प्रधिक्रयाले गति लिन नसकेको भन्दै असन्तुष्टि जनाएका छन्। अन्नपूर्ण पोस्टमा समाचार छ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग शनिवार भएको भेटमा नायब महासचिव इलिएस्सनले भूकम्प गएको एक वर्षसम्म पनि पुनर्निर्माण प्रक्रिया अघि नबढेकोप्रति चासो राखेका थिए।
इलिएस्सन राष्ट्रसंघीय महासचिव बान की मुनपछिका दोस्रो बरीयताका राष्ट्रसंघीय उच्च अधिकारी हुन्।
भेटमा सहभागी परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलका अनुसार परराष्ट्रमन्त्री थापाले संविधान निर्माणमा केन्द्रीत हुनुपर्दा एवं संविधान जारी भएपछिको अघोषित नाकाबन्दीले निम्त्याएको समस्याका कारण सरकारले पुनर्निर्माण अघि बढाउन नसकेको बताएका थिए।