पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरदुलारीमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
वीरगन्जबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना ४ ख ६३७९ नम्बरको बस सुन्दरदुलारी नगरपालिका–१ स्थित गोठगाउँमा आज बिहान ३ः३० बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा बसका चालकसहित २० जना सामान्य घाइते भएकाले उनीहरुलाई उपचारका लागि विराटनगर तथा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख मेघराज थापाले जानकारी दिए । रासस