मागेको
दिलाउँछौ जस्तो लाग्थ्यो
सबैतिर
मिलाउँछौ जस्तो लाग्थ्यो
आज पो बल्ल चाल पाइयो
तिम्रो पावर पनि थाहा पाइयो
तिम्रो महिमाले पनि काम गरेन
खै त भगवान
मलाई डिभि नै परेन!
गल्लि-गल्लिमा
डिभी भर्नेहरूको लाम थियो
ठूलो ब्यानरहरूमा
डिभि पर्नेहरूको नाम थियो
त्यहि देखेर त
लोभिएको थिएँ
सिधै तिम्रो मन्दिरमा
सोझिएको थिएँ।
तिम्लाई फूल अक्षता पनि
चढाएको थिएँ
भेटि पनि पहिलेभन्दा
दश रूप्पे बढाएको थिएँ
अनि मात्र
'माछा झुण्डिएकै' बिल्डिंगबाट
डिभि भराएको थिएँ
तैपनि तिम्ले माखो मारेनौ भगवान
मलाई किन हो डिभि नै पारेनौ!
छिमेकिको छोरो पोहोर साल
अम्रिका पसेको छ
मामाकै छोरो पनि ग्रीनकार्ड लिएर
युएसमै बसेको छ
आमाको साथीकि छोरी
अहिले बिहे गर्दिन भन्छे रे!
युएस जाने केटो पाए
पछि पनि सर्दिन भन्छे रे!
अब त अति नै हुनेभयो
जिन्दगीको पनि दुर्गति नै हुनेभयो
खै त भगवान तिम्ले
मेरो ग्रहदशा टारेको
किन हो नि मलाई डिभि नपारेको?
कि त तिमिले अंग्रेजी जान्दैनौ
कि त तिमीले भनेको नै मान्दैनौ
कि त अम्रिकनलाई मनाउनै सकेनौ
कि त चाहेजस्तो बनाउनै सकेनौ
त्यसैले होला है भगवान
तिमीपनि मजस्तै
आफ्नै भाग्यबाट हारेको
र हरेक वर्षजस्तै
यो वर्ष पनि मलाई डिभि नपारेको!