सत्ता साझेदार एमाओवादीभित्र सरकारको विकल्प खोज्न दबाब बढेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
एमाओवादी संसदीय दलको कार्यालयमा बसेको पार्टीका सांसद र केही पदाधिकारी बैठकमा नेताहरुले प्रधानमन्त्री केपी ओलीको नेतृत्व पूर्ण रुपमा असफल भएको भन्दै विकल्प खोज्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।
बैठकको सुरुमै अध्यक्ष पुष्पकमल दाहालले नाकाबन्दीका बेला सरकारले केही गर्न नसक्नु तत्कालका लागि क्षम्य भए पनि अहिलेको निष्क्रियता अनपेक्षित रहेको बताए ।
'सरकारबारे ब्यापक जनगुनासो छ, हिजो नाकाबन्दी हुदाँ सरकारका पक्षमा जनताको भावना देखियो, तर अब क्षम्य हुदैँन' दाहालको भनाई उदृत गर्दै स्रोतले भन्यो 'यसबारे राजनीतिक नेतृत्व तहमा समीक्षा हुन थालेको छ।'