संघीय समाजवादी विद्यार्थी फोरमका केन्द्रीय सदस्य विजय यादवलाई कुटपिट तथा दुव्र्यवहार गर्ने लहान १९ छरापट्टीका सत्यनारायण मण्डललाई लहान प्रहरीले रिहा गरेको छ।
मण्डलले मँगलबार साझ विद्यार्थी नेता यादवलाई ज्यान मार्ने धम्की दिँदै लहानस्थित मालपोत कार्यालय नजिकै कुटपिट तथा दुव्र्यवहार गरेका थिए। तत्कालै यादवले प्रहरीलाई जानकारी गराएपछि मण्डललाई घटनास्थलबाटै पक्राउ गरेको थियो।
मण्डल पक्राउ परेपछि काँग्रेस नेताहरुले ईलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर कबिर प्रधानलाई छोडन दबाब दिएका थिए। काँग्रेस नेताहरुको दबाबका कारण इन्सपेक्टर प्रधानले गएराति १० बजे मण्डललाई जमानतमा छाडेको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी प्रहरी सहायक निरीक्षक राजेन्द्र यादबले जानकारी दिए।
पीडित यादबका अनुसार मण्डलले उनलाई दिनुपर्ने ४० हजार रुपैयाँ माग्दा उल्टै आफूलाई गाली गलौज गर्दै कुटपिट तथा दुव्र्यवहार गरेका थिए। ज्यान मार्ने धम्की दिँदै कुटपिट तथा दुव्र्यवहार गरेका मण्डललाई कारबाही गर्नुको साटो रातारात छाडेपछि आफू असुरक्षित भएको यादवले बताए।