नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा पुगेका छन्। नयाँ सरकार गठनको विषयमा छलफल गर्न देउवा दाहाल निवास पुगेका हुन्।
नेता विमलेन्द्र निधिसँगै पुगेका देउवा र दाहालबीच ओली सरकारलाई कसरी विस्थापन गरेर नयाँ सरकार गठन गर्ने भन्ने विषयमा छलफल भएको छ।
एमालेले नयाँ सरकार गठनमा मार्ग प्रशस्त नगरेको भन्दै कांग्रेस-माओवादी पार्टीबीच बुधबार संसदमा अविश्वास प्रस्ताव लैजाने विषयमा छलफल भएको थियो।