‘सुरक्षा सोचौ, दुर्घटना रोकौ’ भन्ने मुल नाराका साथ आजबाट कैलालीमा सप्ताहाब्यापी ट्राफिक सचेतना कार्यक्रम शुरु भएको छ।
यस अघि जिल्ला विकास समिति कैलालीको प्राङ्गणबाट शुरु भएको र्याली धनगढीको ट्राफिक चौराहा परिक्रमा गरि पुनः जिल्ला विकास समितिमा पुगेर समाप्त भएको थियो।
र्यालीमा विभिन्न विद्यालयका विद्यार्थी, नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाका सदस्यहरु, विभिन्न सरकारी तथा गैर सरकारी निकायका पदाधिकारी, रोटरी क्लब लगायतको उपस्थिति रहेको थियो।
र्यालीमा ट्राफिक सचेतना सम्बन्धि प्लेकार्ड तथा ब्यानरहरु प्रदर्शन गरिएको थियो।
र्याली पछि भएको समुद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाका सभापति उत्तम जोशी, प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँ, सशस्त्र प्रहरी वल वैधनाथ बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक राजेश श्रेष्ठ, सेती अञ्चल प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ट उपरिक्षक विनोद शर्मा घिमिरे, सुदूरपश्चिम क्षेत्रिय ट्राफिक कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरिक्षक रमेश थापा लगायतको उपस्थिति रहेको थियो।
प्रत्येक वर्ष मनाउँदै आएको ट्राफिक सप्ताहा कार्यक्रम यो वर्षदेखि नेपाल रेडक्रस सोसाईटी संग संयुक्त रुपमा मनाउन लागिएको हो।