गत फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार कैलालीमा ९६ जना उपचारमा रहेका छन् भने कञ्चनपुरमा ४१ जना कुष्ठ रोगका बिरामी उपचारमा रहेका छन् ।
यस्तै अछाममा २४ जना कुष्ठरोगका बिरामी उपचारमा रहेका क्षेत्रीय क्षयकुष्ठ अधिकृत मनोज ओझाले बताए।
’सुदूरपश्चिमका अन्य जिल्लामा न्यून सङ्ख्यामा कुष्ठरोगका बिरामी रहेका छन् उनले भने, “तर शून्यको अवस्था भने छैन” १० हजार जनामध्ये एक जना कुष्ठरोग फेला परेमा कुष्ठरोग निवारण भएको मानिँदैन ।
सो अनुसार सुदूरपश्चिमको कैलाली जिल्ला कुष्ठरोग निवारण नभएको जिल्लाको रुपमा रहेको समेत उनले बताए।
कुष्ठरोग निवारणका लागि सरकारले थुप्र्रै कार्यक्रम सञ्चालन गरेको भए पनि यो रोगका बिरामी अझै खुलेर आउन नसकेको बताइन्छ । कुष्ठरोगको सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको छ भने नियमित औषधि सेवन गर्नेलाई रु एक हजार यातायात बापत समेत दिने गरेको छ।
शरीरको छालामा लाटो फुुस्रो दाग देखा परेमा, हातखुट्टा झमझमाएमा, कानको लोती बाक्लोलगायतका लक्षण देखा परेमा कुष्ठरोग हुनसक्छ । यो रोगको समयमै उपचार हुन नपाए यसले मानिसलाई अपाङ्ग बनाउने क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत ओझाले बताए।
रोग सुरु हुने बित्तिकै उपचार गर्नसके कुष्ठरोग निको हुने र यसले अपाङ्गता हुनबाट पनि बचिने उहाँले बताउनुभयो । तर कुष्ठरोगीलाई समाजमा हेर्ने दृष्टिकोण अझै पनि राम्रो नभएकाले खुलेर बाहिर नआएको बताइएको छ । रासस