भूकम्प पछिको पुनर्निर्माणमा ८३८ अर्ब रुपैयाँ लाग्ने भएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बिहिबार सार्वजनिक गरेकाे भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी खाका (पिडिअारएफ) मा विभिन्न २० क्षेत्रको पुनर्निर्माणमा यो रकम खर्च हुने उल्लेख गरिएको छ। पुनर्निर्माणको पञ्चवर्षिय खाका सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा अोलीले अागमी वर्षा अगावै सबै भूकम्पपीडितलाई छानोमुनि ल्याउने बताए। 'सरकारले सामुहिक अावास बनाएर पाल र टहरा रहेका भूकम्पपीडितलाई वर्षा अघि नै छानो मुनि ल्याउनेछ', प्रधानमन्त्री अोलीले भने।
उनले २ वर्ष भित्र निजी घर, तीन वर्षमा सार्वजनिक सम्पदा पाँच वर्षमा सम्पदाको पुनर्निर्माण गरिसक्ने बताए। प्राधिकरणले विभिन्न २० वटा क्षेत्रमा काम गर्ने बताएको छ। पिडिअारएफ अनुसार सामाजिक क्षेत्रमा ६ सय ४५ अर्ब, उत्पादनमुलक क्षेत्रमा १ सय ६ अर्ब, पूर्वाधार निर्माणमा ६१ अर्ब र अन्य क्षेत्रमा २६ अर्ब रुपैयाँ लाग्ने उल्लेख गरिएको छ।