एआईजी बढुवामा आफूहरुलाई नियतबस छुटाइएको भन्दै सशस्त्र प्रहरीका दुई जना डिआईजीले पुनरावलोकन समितिमा उजुरी हालेका छन् । सशस्त्र प्रहरीका डिआईजी उत्तम खड्का र पुष्पराम केसी आफूहरुलाई जानीजानी छुटाइएको भन्दै उजुरी सुन्ने समिति पुनरावलोकनमा गएका हुन्।
बढुवा सिफारिस समितिले गत वैशाख २४ गते डिआईजी जितबहादुर पुन र शैलेन्द्र खनाललाई एआईजी बढुवामा सिफारिस गरेपछि आफूहरुलाई छुटाइएको भन्दै उनीहरु पुनरावलोकन समितिमा गएका हुन्।
३ नम्बरमा रहेका शैलेन्द्र खनाल एक नम्बरमा रहेको पुन पछि तानेर दोस्रो नम्बरमा ल्याई सिफारिस गरेको उनीहरुको दाबी छ।
उनीहरुले वरिष्ठता, शैक्षिक योप्यता, अनुभवि र तालिमका हिसावले आफूहरु योप्य भएपनि छुटाइएको भन्दै पुनरावलोकन समितिमा उजुरी दिएका हुन्। पुष्पराम केसी भने ५ नम्बरमा रहेपनि आफू छुटेको भन्दै पुनरावलोकन समितिमा गएका हुन्। मुख्य सचिवको अध्यक्षतामा रहेको पुनरावलोकन समितिमा लोकसेवा आयोगको प्रतिनिधि र गृहसचिव सदस्य रहन्छन ।