निजमति सेवा प्रवेशका लागि फलामे ढोका मानिने लोकसेवा आयोगमा दरखास्त दिने पुरूषको तुलानमा महिलाको संख्या बढी छ। दरखास्त दिने बढे पनि उत्तिर्ण संख्या भने पुरूषकै बढी देखिन्छ।
आव २०७१/७२को तथ्याङ्क अनुसार पुरूषको भन्दा १ लाख ३१ हजार बढी महिलाको आवेदन परेको खबर आजको नागरिक दैनिकमा भाषा शर्माले लेखेकी छन्।
यसबाट महिलाको रोजगारीप्रतिको मोह आँकलन गर्न सकिन्छ।लोक सेवा आयोगको पछिल्लो प्रतिवेदनले आवदेन दिने महिला बढे पनि सफल हुने पुरूषनै बढी छन्।
मुलुकमा गणतन्त्र आएपछि समावेसी बनाउन थालिएपछि आयोगले खुलाउने आवेदनमा महिलाको मोह बढेको देखिन्छ। २०६४ सालदेखि आयोग प्रवेश समावेसी बाटो खोलिएको हो। आठ वर्षयता महिलाको आकर्षण बढेको तथ्यांकले बताउँछ।