विश्वकर्मा समाज कतारले ‘मेरो धरहरा म बनाउँछु’ भन्ने नारामा साथ दिन ५१ हजार सहयोगको घोषणा गरेको छ।
कतारमा आयोजित एक साँस्कृतिक कार्यक्रमका क्रममा सङ्घले उक्त सहयोगको घोषणा गरेको हो। गत वर्षको भूकम्पले भत्किएको ऐतिहासिक धरहराको पुनःनिर्माणमा जनताको पैसाबाटै पुनःनिर्माण गर्ने निर्णयको स्वागत गर्दै समाजले सो सहयोग उपलब्ध गराउने निर्णय हो।
सो साँस्कृतिक कार्यक्रममा कतारका लागि नेपाल पर्यटन बोर्डका सद्भावना दूत भरतबहादुर विसुराल (हिमालयन टाइगर), प्रवासी नेपाली मञ्च कतारका उपाध्यक्ष गणेश सिवा, जनप्रगतिशील मञ्च कतारका अध्यक्ष शनिकुमार वलीलगायतको सहभागिता थियो। कार्यक्रममा कलाकारले नेपाली राष्ट्रियता झल्किने विभिन्न प्रस्तुति दिएका थिए। रासस