संयुक्त राष्ट्र संघको अनुरोधपछि नेपाली सेनाले अफ्रिकी मुलुक लिवियामा शान्ति सैनिक पठाउने भएको छ। नेपाल समाचारपत्र दैनिकमा समाचार छ।
राष्ट्रसंघले नेपाल सरकारलाई शान्ति स्थापनार्थ एक टोली खटाइदिन अनुरोध गरेपछि पहिलो चरणाम २ सय २० जना सेनाको टोली खटाउने तयारी भइरहेको सैनिक प्रवक्ता ताराबहादुर कार्कीले बताए।
उनले भने 'राष्ट्र संघले अनुरोध गरेपछि त्यहाँ पठाउने फौज र बस्दोबस्तीका सामान तयार भए पनि राष्ट्र संघले तैनाथ गर्ने मिति र समयमा बारेमा चिठी भने पठाएको छैन् ।'