इलामको एकतप्पा गाविसमा आज दिउँसो करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
प्रशारण लाइन मर्मत गर्ने क्रममा एकतप्पा–१ का ४५ वर्षीय युवराज कोइरालाको मृत्यु भएको हो । लाइन मर्मत गर्ने क्रममा करेन्ट लागे गम्भीर घाइते भएका कोइरालाको उपचारका लागि इलाम अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रूद्र चुडालले जानकारी दिए।