सरकारले सबै निर्वाचन क्षेत्रमा स्थायी सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ। आम उपभोक्तालाई राहत दिने उद्धेश्यले प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा एउटा सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना आगामी वर्षको बजेट तथा कार्यक्रममार्फत सार्वजनिक गर्ने तयारी भइसकेको खबर आजको अन्नपूर्णमा राजेश बर्माले लेखेका छन्।
यो योजना कार्यान्वयनमा ल्याउन आपूर्ति मन्त्रालयले आवश्यक खाका तयार पारेर अर्थ मन्त्रालयमा प्रस्ताव गरिसकेको छ।