आकांक्षी धेरै भएपछि नेपाली कांग्रस सभापति शेरबहादुर देउवाले महाधिबेशन सकिएको लामो समय बित्दा पनि केन्द्रीय समितिलाई पूर्णता दिन सकेका छैनन्।
पार्टीका अन्य निकाय गठनमा समेत अन्योल बढेको खबर आजको नागरिक दैनिकका छापिएको छ। उपसभापति, महामन्त्री सहमहामन्त्रीमा आफू निकटकै झण्डै एक दर्जन नेताले आकांक्षा देखाएपछि देउवा अप्ठेरोमा परेका हुन ।
पार्टी पदाधीकारीमा मनोनयनका लागि निकट नेता बिच जुटाउने उनको कसरत अझै पुगेको छैन । उप सभापति पदमा मात्रै देउवा निकट विमेन्द्र निधी, खुमबहादुर खड्का र गोपालमान श्रेष्ठले दाबी गरिरहेका छन् ।
देउवा नेता निधिलाई उपसभापति प्रस्ताव गर्ने पक्षमा रहेको दबी गर्दै निकट एक नेताले उनी समय लम्ब्याएर भए पनि आन्तरिक समीकरण मिलाउन लागिपरेको बताए ।
यसमा खुमबहादुर खड्कालाई उपसभापति नदिँदा उक्त पक्षले कस्तो प्रतिक्रिया जनाउँछ, त्यसले आन्तरिक समीकरणमा कस्तो असर गर्छ भन्ने मात्र समस्या भएको उनले बताए ।