नक्कली भारू २० लाख सहित ७ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मिरा जिरेल, सुमन मल्ल, तारणी प्रसाद ठाकुर, वैद्यनाथ गुप्ता, विजय शर्मा, सन्दिप श्रेष्ठ र सरोज श्रेष्ठ रहेको काठमाडौं प्रहरीका एसएसपी बिक्रम सिंह थापाले सेतोपाटीलाई बताए। ठाकुर नक्कली भारु काराेबार गर्ने मुख्य नाइके हुन्।
नक्कली भारु काराेबार गर्ने ठूलाे समूहलाई पक्राउ गरिएकाे थापाले बताए।
उनीहरूलाई भोलि मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने थापाले बताए। यस अघि पनि प्रहरीले १ करोड नक्कली भारुसहित अाधा दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको थियो।