भैरहवामा एक किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। ससस्त्र प्रहरी बल राजस्व तथा भन्सार गस्ती सुरक्षा गुल्म भैरहवाले बुधबार बिहान एक किलो सुनसहित जिल्ला मोतिहारी बिहार भारत बस्ने २५ वर्षका हरिओम कुमार र सोही ठाउँका २६ वर्षिय सुजित कुमारलाई पक्राउ गरेको हो।
सशस्त्र बल राजश्व गस्ती डण्डाका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक शंकर खनालले भैरहवाको आँखा अस्पताल अगाडिबाट १ किलो सुन सहित निजहरुलाई पक्राउ गरिएको बताए। बरामद गरिएको सुनको बजार मूल्य ४७ लाख ६६ हजार ५ सय ८० रूपैयाँ बराबर रहेको खनालले बताए।
बरामद गरिएको सुन हङकङबाट नेपालको बाटो हुँदै भारत पुर्याउन लागिएको प्रहरीले जनाएको छ।
काठमाडौंबाट भैरहवाको रात्री बसमा सुन सहित भारतीय दुई व्यक्ति हिंडेको गोप्य सूचनाको आधारमा निजहरुलाई पक्राउ गरिएको शसस्त्र प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका व्यक्ति उपर भन्सार ऐन २०६४ अनुसार कारबाही हुने खनालले जानकारी दिए।