रामेछाप नगरपालिका–१ ओख्रेनीमा बिहीबार अपराह्न बलेरो गाडी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। घटनामा अन्य ९ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक मखनकुमार यादवले सेतोपाटीलाई जानकारी दिए।
यादवका अनुसार सात जनाको घटनास्थलमै मृत्यु भएको छ। ना.१ज. ४१६१ नम्बरको बीपी यातायातको बलेरो दुर्घटना भएको यादवले जानकारी दिए।
‘स्थानीय बजारबाट निस्किएर जाने क्रममा दुर्घटना भएको खबर प्राप्त भएको छ,’ यादवले भने, ‘हामी घटनास्थलमा जाने क्रममा छौं।’ घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल रामेछाप लगिएको छ।