सरकारले मदन भण्डारीलाई नेपाल रत्न मानपदवी (मरणोपरान्त) बाट विभुषित गर्ने निर्णय गरेको छ।
गणतन्त्र दिवसको अवसरमा शनिबार राष्ट्रपति विद्यादेबी भण्डारीबाट समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गरिने भएको हो।
गृह मन्त्रालयका अनुसार गौरव मानपदवीबाट सुशील कोइराला (मरणोपरान्त) र सुवासचन्द्र नेम्वाङलाई विभूषित गरिने भएको छ।
यसैगरी महाउज्जवल कीर्तिमय राष्ट्रदीप मानपदवी ५ जना, सुप्रवल जनसेवाश्री ८२ जना, प्रवल जनसेवाश्री मानपदवी १३५ जना र जनसेवाश्री मानपदवी ५१ जना गरि कुल २८७ जनालाई मानपदवी प्रदान गर्ने घोषणा गरेको छ।
यसैगरी १६ जनालाई अलंकार र ६५ जनालाई पदक प्रदान गर्ने घोषणा पनि सरकारले गरेको छ।
यस्तै प्राकृतिक प्रकोपबाट पीडित व्यक्तिहरुको उद्दार एवं व्यवस्थापन वा प्रकोपको जोखिम न्यूनकरण गर्ने कार्यमा प्रशंसनीय काम गर्ने ५६२७९ जनालाई प्रकोप पीडित्तोद्वार पदक प्रदान गरिने घोषणा गरिएको छ।
हेर्नुहोस् कसले कुन पदक पाए।