कृषिबाली धितो राखेर ऋण लिन सक्ने व्यवस्था सरकारले गरेको छ ।
बजेट भाषणमार्फत सरकारले यस्तो सुविधा ल्याएको हो ।
मुख्य बालीहरुको समर्थन मुल्य बाली लगाउनुअघि नै तोकिने अर्थ मन्त्री बिष्णु पौडेलले बताए। बिउ एवम् बालीको संरक्षण र माटो परीक्षणमा कृषकलाई सेवा दिइने सरकारले बताएको छ । त्यसका लागि कृषकलाई माटो परीक्षण ब्याग उपलब्ध गराउने बजेट भाषणमा उल्लेख छ।