लेखा व्यवसायीहरुको पेशागत छाता संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) को अध्यक्षमा पुनः मोहनराज रेग्मी निर्वाचित भएका छन्। चौथो राष्ट्रिय अधिवेशनले रेग्मीको अध्यक्षतामा ६८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पुनः अध्यक्षमा निर्वाचित हुन रेग्मीले आफ्ना प्रतिद्वन्द्वी मोहन सुवेदीलाई पराजित गरे। निर्वाचित रेग्मीले २७५ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वीसुवेदीले ७२ मत प्राप्त गरे।
एसोसिएशनको वरिष्ठ उपाध्यक्षमा सुर्यप्रसाद अधिकारी र प्रथम उपाध्यक्षमा कृष्ण पौडेल निर्विरोध निर्वाचित भए। यस्तै उपाध्यक्षहरु प्रदेश नं. १ बाट प्रकाशनारायण चौधरी, २ बाट बद्रि भट्टराई, ३ बाट केदारनाथ पौडेल, उपत्यकाबाट दिनकरमानसिंह प्रधान, ४ बाट केशबहादुर केसी, ५ बाट अव्दुल करिम खां, ६ बाट हिमालय खत्री र ७ बाट कर्णबहादुर खडायत निर्वाचित भए।
यस्तै महासचिवमा डोलप्रसाद दाहाल, उपमहासचिवहरु मिरा श्रेष्ठ र झलकमणि लम्साल निर्विरोध निर्वाचित भए। ८ सचिव पदमा गणेशराज राई, बलराम चौधरी, जयाकुमारी झा, सावित्री शर्मा, पोषराज नेपाल, गोबिन्दराज रेग्मी, भरतकुमार श्रेष्ठ, राजेन्द्र ढुंगाना निर्वाचित भए भने कोषाध्यक्षमा केशवराज आचार्य र सहकोषाध्यक्ष प्रदिप यादव निर्विरोध चयन भए।
कार्यक्रममा संस्थापक महासचिव तथा बन्दसत्रका अध्यक्ष जीव नारायण बरालले नवनिर्वाचित कार्य समितिलाई सपथ गराए। सपथ ग्रहणपछि अध्यक्ष रेग्मीले नेपाल चार्टर्ड एकाउन्टेन्स् ऐन संसोधन प्रक्रियामा रहेको विभेद हटाउन लाग्ने र पेशाको मर्यादालाई अझ उचो बनाउने प्रतिवद्धता व्यक्त गरे।