नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार तीन जना नेतालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्। मनोनित हुनेहरुमा केशवकुमार बुढाथोकी (झापा), किशोरसिंह राठौर (बर्दिया) र श्याम घिमिरे (महोत्तरी) रहेका छन्।
नेपाली कांग्रेसको विधानअनुसार सभापतिले २१ जना केन्द्रीय मनोनयन गर्न पाउने व्यवस्था छ। यसअघि रामचन्द्र पौडेललगायत ७ जना केन्द्रीय सदस्यमा मनोनयन भइसकेका छन्।