नर्दन आयरल्याण्डलाई हराउँदै पोल्याण्डले युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ।
गएराति भएको समूह सी अन्तर्गतको पहिलो खेलमा पोल्याण्डले नर्दन आयरल्याण्डमाथि १–० को कठिन जित निकाल्दै युरोकपमा विजयी सुरुवात गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि पोल्याण्डले दोस्रो हाफमा एक गोल गर्न सफल भयो।
खेलको ५१ औं मिनेटमा पोल्याण्डका लागि आर्काडिएस मिलिकले गरेको गोल नै निर्णायक बन्यो। नर्दन आयरल्याण्डले गोल गर्ने केही मौका गुमाएपछि एक सून्यको हार स्वीकार्न बाध्य भयो।
पोल्याण्डले गोल गर्ने थुप्रै अबसर सिर्जना गरेपनि थप गोल भने गर्न सकेन।
युरोकप फुटबलमा पहिलो खेलमा पोल्याण्डसँग पराजित भएपछि पछिल्ला १२ खेलमा अपराजित रहेको नर्दन आयरल्याण्डको अपराजित यात्रामा पूर्णविराम लागेको छ।