दक्षिणपश्चिमी चीनको गइजोउ प्रान्तमा आएको बाढी पहिरोमा परी कम्तीमा पनि पाँच व्यक्तिको मृत्यु भएको छ भने चारजना वेपत्ता भएका छन्।
गत मङ्गलबार रातिदेखि परेको अविरल वर्षा बुधबारसम्म जारी रहेको बताइएको छ।
अहिलेसम्म २०२ मिलिमिटर वर्षा भएको जनाइएको छ। ट्राफिक, विद्युत र टेलिफोनलाइन पनि पहिरोबाट प्रभावित भएको छ।
भारी र निरन्तर वर्षाका कारण चार वटा क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ। ती क्षेत्रमा उद्धारकर्ताहरु पुगेका बताइएको छ। रासस÷एपी