यस वर्षको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ। बिहीबार दिउँसो परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो।
पनिकाले यस वर्षदेखि पहिलोपटक एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको हो।
ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मध्ये विद्यार्थीको प्राप्तांक अनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरिएको परीक्षा नियन्त्रक कृष्ण काप्रीले बताए।
परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्रा र छात्र गरेर गरेर कुल ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी भएका थिए । पनिकाको तथ्यांकअनुसार यस वर्ष छात्रका तुलनामा ३६ हजार १ सय ३५ जना बढी छात्रा परीक्षामा सहभागी थिए।
कुल परीक्षार्थीमध्ये सामान्य धारका नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ जना थिए। तीमध्ये दुई लाख २७ हजार ५ सय ३५ जना छात्रा तथा दुई लाख २५ हजार ३ सय ४६ जना छात्र थिए।
त्यस्तै आंशिकतर्फ ९७ हजार ३६ जना छात्रा तथा ६२ हजार ३ सय ८१ जना छात्र गरेर १ लाख ५९ हजार ४ सय १७ जना सहभागी थिए। प्राविधिक धारका ३ हजार दुई सयजना परीक्षार्थी थिए। त्यसमा १ हजार २ सय ७३ जना छात्रा तथा १ हजार ९ सय ८२ जना छात्र थिए।
नियमित तर्फ सहभागी ४ लाख ३७ हजार ३ सय २६ जना परीक्षार्थीहरुमा
जसमा १६ हजार ४ सय ५४ परीक्षार्थीले ३.६ देखि ४ ग्रेड सम्म प्राप्त गरेका छन्। त्यस्तै ३.२ देखि ३.६ ग्रेड प्राप्त गर्ने परीक्षार्थी ४१ हजार ५ सय ७७, २.८ देखि ३.२ ग्रेड प्राप्त गर्ने परीक्षार्थी ४८ हजार ६ सय ११, २.४ देखि २.८ ग्रेड प्राप्त गर्ने ६३ हजार १ सय ८१, २ देखि २.४ गे्रड प्राप्त गर्ने ९४ हजार ७ सय १६ जना परीक्षार्थी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
साथै २.० देखि १.६ ग्रेड प्राप्त गर्ने परीक्षार्थी संख्या भने १ लाख ४ हजार २ सय ७८ रहेको छ। साथै ५७ हजार ७ सय ६३ परीक्षार्थीले १.६ देखि १.२ ग्रेड प्राप्त गरेका छन् भने १.२ देखि ०.८ ग्रेड प्राप्त गर्नेको संख्या ८ हजार रहेको नियन्त्रण कार्यालयले जनाएको छ।
त्यस्तै ०.८ देखि ० ग्रेड प्राप्त गर्ने ११ जना परीक्षार्थी रहेका छन्।
त्यस्तै उमेर नपुगेका १६ जना, सैदान्तिक छुटेका १ हजार ७ सय ३३, प्रयोगात्मक नदिएका १ हजार ८ सय, परीक्षा रद्द गरिएको १ सय ८८ जना, परीक्षा बीचमै छाडने ६ हजार ८ सय ७८ र १ जना परीक्षार्थी का निशकासन भएको समेत कार्यालयले जनाएको छ।