महोत्तरीमा बिहीबार साँझ परेको चट्याङबाट एकै घरका भाउजु नन्दको मृत्यु भएको छ। 
	 
	प्रहरीका अनुसार रामगोपालपुर–४ की २७ वर्षीया बिराजीदेवी ठाकुर र २१ वर्षीया शोभादेवी ठाकुरको मृत्यु भएको हो। 
	 
	वडा नम्बर ६ मा खेतमा घाँस काट्न गएका उनीहरूको चट्याङले घटनास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए।