युरोकप अन्तर्गत ग्रुप बी को पहिलो खेलमा भर्खरै इंग्लाण्डले वेल्समाथि २-१ को सनसनिपूर्ण जित निकालेको छ।
खेल सुरू भएको ४२ औं मिनेटमा गेरार्थ भेलले ३५ यार्ड टाढाबाट प्रहार गरेको उत्कृष्ट फ्रिकिकबाट वेल्सले अग्रता लिए पनि दोस्रो हाफको ७ मिनेट नबित्दै इंग्लाण्डको बराबरी गोल फर्कायो। खेलको ५६ औं मिनेटमा भर्डीले सुन्दर गोल गर्दै इंग्लाण्ड बराबरीमा पुर्याए।
त्यसपछि बाँकी समय गोल हुन सकेन र निर्धारित ९० मिनेटको खेल बराबरीमा रोकियो। थपिएको ४ मिनेटमा इंग्लाण्डले सनसनीपूर्ण खेल प्रदर्शन गर्दै नतिजा आफ्ना पक्षमा पार्यो।
थपिएको समयको दोस्रो मिनेटमा डेनियल स्टुरिडेजी ले गोल गरेपछि इंग्लाण्डको जीत सुनिश्चित भएको हो। इंग्लाण्डका लागि विजयी गोल गरेपछि प्रतिक्रिया दिँदै डेनियलले भने, ‘म पुरै पागल भईरहेको छु, यो मेरो जीवनकै सवैभन्दा ठूलो खुसीको कुरा रह्यो।
ग्रुपमा एउटा खेल अझै बाँकी रहेकाले अर्को चरणमा पुग्न सक्ने तर्फ इंगित गर्दै उनले भने, ‘धेरै उत्साही हुनु आवश्यक छैन, तर स्टेडियमको माहौल साच्चै उत्साह प्रद थियो।’