उत्तरी इङल्याण्डको आफ्नो गृह जिल्लामा राजनीतिक कार्यक्रमको तयारी गर्दागर्दै बेलायती सांसद जो कोक्सकोहत्या भएको छ।
लेबर पार्टीका तर्फबाट सांसद भएकी ४१ वर्षीया कोक्स लिड्स नजिकै ब्रिस्टलमा बिहीबार राजीतिक बैठक गर्ने तयारी गर्दै थिइन्l
घाइते कोक्सलाई तुरन्तै एयर एम्बुलेन्स मार्फत लिड्सको एक अस्पतालमा भर्ना गरिएको थियो।
एक ५२ वर्षीय मानिसलाई उक्त आक्रमण गरेको अभियोगमा पक्राउ गरिएको छ। घटनामा गोली र छुरी दुबै प्रयोग भएको प्रहरीले बताएको छ।
हत्याको कारण प्रष्ट रुपले खुलेको छैन।