स्याङ्जाको पेलाकोट–९ सेनाथुम्कामा भेटिएको शव अझै अलपत्र अवस्थामा छ।
वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार दोलखा घर भएका छिरिङ शेर्पाको शव पूरै ठेगानाको अभावका कारण गत आइतबारदेखि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रको शव गृहमा राखिएको छ।
सेनाथुम्कामा बाटो खन्ने कार्यमा संलग्न रहेका अन्दाजी ६५ वर्षीय शेर्पा आइतबार दिउँसो खाना खाएर सुतेपछि उठ्दै नउठेको प्रहरीले जनाएको छ।
‘हामीले दोलखा प्रहरीलाई खोजीका लागि खबर गरेका छौँ,’ प्रहरी निरीक्षक बरालले भने,‘अझै एक–दुई दिन हेर्छौं खुलेन भने दाहसंस्कारका लागि प्रक्रिया अगाडि बढाउनेछौँ।’ रासस