मोरङमा खाल्डोमा जमेको पानीमा डुबेर एक नाबालिकाको मृत्यु भएको छ।
बाहुनी–५ मा पानी जमेको खाल्डोमा डुबेर गोपाल मगरातीकी डेढ वर्षीया छोरी बिन्दा मगरातीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए।
खेल्दै गर्दा घर पछाडि रहेको खाल्डोमा हिजो साँझ डुबेर मृत्यु भएको थापाले बताए।