डोल्पाको लिखु गाविसस्थित सिउडनी गाउँ नजिकैको भीरबाट ठूलो भेरी नदीमा खसेर एक जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा सर्मी गाविस–८ का ५५ वर्षीय नरबहादुर बूढा (क्षीतिज) रहेको उनका भतिजा जयप्रसाद बूढाले जानकारी दिए।
'सोमबार साँझ बाटोमा चार जनाको समूहमा हिँडिरहेका थियौँ, मृतक अन्यभन्दा करिब चार किमी पछिपछि हिँडिरहेका थिए आफूभन्दा पछाडि रहेका उनी चिच्याएपछि के भयो भन्दै जाँदा मृतकको झोलासहित उनी ठूलो भेरीमा खसेको देख्यौँ बचाउनका लागि पछिपछि दौडँदै गर्दा ठूलो भेरीको बहाव ठूलो भएकाले उहाँ त्यहीँ पानीमा हराउनुभयो,' बूढाले भने।
'हामी नेपालगन्जबाट डोल्पा जानकालागि टिकट लिएका पनि प्लेन नउडेपछि गोमा एयरलाइन्सको टिकट क्यान्सिल गरेर हिँड्यौँ, यदि सो प्लेन उडेको भए यो घटना नहुन सक्थ्यो,' उनले भने।
मृतक नयाँ शक्ति नेपालका कार्यकर्ता समेत रहेको उनका भतिजाले जानकारी दिए। घटनाबारे प्रहरीलाई जानकारी गराइएको छ । रासस