पोर्चुगलका फुटबल कप्तान क्रिस्टियानो रोनाल्डोले एकजना पत्रकारको माइक्रोफोन पोखरीमा फालिदिएका छन्। बुधबार हंगेरीसँगको खेलअघि आफूसँग अन्तर्वाता लिन आएका सञ्चारकर्मीमाथि दुर्व्यवहार गरेका हुन्।
रोनाल्डो पेरिस नजिकै आफू बसेको होटल परिसरमा आफ्ना सहकर्मीसँगै पोखरीतिर घुम्न निस्किएका थिए। त्यसैबेला एक सञ्चारकर्मी उनीसँग प्रश्न गर्न थाले। ती सञ्चारकर्मीले ‘के तपाईँ हंगेरीविरुद्धको खेलका लागि तयार हुनुहुन्छ?’ भनेर रोनाल्डोसँग सोधेका थिए। रोनाल्डोले ती सञ्चारकर्मीको प्रश्नको उपेक्षा गरेनन् मात्रै, ती सञ्चारकर्मीले बोकेको माइक्रोफोनसमेत खोसेर नजिकैको पोखरीमा फ्याँकिदिए। हेर्नुहोस् भिडियो-