त्रिभुवन राजपथको हेटौँडा–भैसे सडकखण्डको बागझोरामा बाढी र पहिरोका कारण अवरुद्ध भएको त्रिभुवन राजपथ मंगलबार बिहानदेखि सञ्चालनमा आएको छ।
यसैगरी, गएराति आएको वर्षाले नै मदन भण्डारी राजमार्गको हेटौँडा–कुलेखानी खण्डको सिस्नेरीको अमलडाँडामा र थाखेल सडकखण्डको महालक्ष्मी डाँडामा गएराति पहिरो जाँदा काठमाडौँ–हेटौँडा दुवैतर्फको यातायात सेवा मंगलबार बिहानैदेखि अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
हेटौँडाबाट बिहानै कुलेखानी हुँदै काठमाडौँ जाने सबै खालका यातायात त्रिभुवन राजपथबाटै काठमाडौँतर्फ गएको नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष बद्रीप्रसाद चौलागाईंले बताए।
मौसममा सुधार भएमा आज अपराह्नसम्म थाखेल र सिस्नेरीको यातायात सेवा पहिरो हटाई मंगलबार दिउँसो सञ्चालन गर्ने लक्ष्य रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्माले बताए। रासस