उत्तरी गोरखाको केरौजा गाविस–३ छलिम्पुमा पहिरोमा पुरिएर तीन जना मजदुरको ज्यान गएको छ।
गाउँमा गोरेटो बाटो खन्ने क्रममा माटोको ढिस्को खसेर केरौँजा–३ का १५ वर्षीय सन्दिप घले, ३० वर्षीय चीनमाया गुरूङ र ४५ वर्षीय कान्छीमाया तामाङको पहिरोमा पुरिँदा मृत्यु भएको हो।
सदरमुकामबाट २० कोस टाढा रहेको घटनास्थल पुग्न सडक सुविधा छैन।
पहिरोमा पुरिएकामध्ये ३ जनाको स-कुसल उद्धार गरेको छ।
खोजी कार्यका स्थानीयवासी र प्रहरी जुटेका थिए। घटनास्थल वरपर लगातार पहिरो गइरहेकाले उद्धारमा कठिनाइ भइरहेको थियो।
केरौजा ३ स्थित केरौचा बेसीमा माथिबाट खसेको पहिरोले बाटो खनिरहेका ६ जनालाई पुरेको गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले सेतोपाटीलाई बताए।
पहिरोमा पुरिनेमध्ये ३ जनालाई स-कुसल उद्धार गरेको छ। उद्धार हुनेमा १२ वर्षीय सुकराम गुरूङ, ४० वर्षीय उकाल गुरूङ र ४० वर्यीष टुंगे गुरूङ छन्।