अमेरिकाले मानव अधिकार उल्लंघन गरेको भन्दै पहिलो पटक उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई कालो सूचीमा राखेको छ।
अमेरिकाले मानवअधिकार उल्लंघनको आरोपमा उनसहित उत्तर कोरियाका १० अधिकारीलाई पनि ब्लाकलिस्टमा राखेको छ ।
उत्तर कोरियामा भइरहेको मानवअधिकार उल्लंघनका लागि उन स्वयंम जिम्मेवार रहेको अमेरिकी वित्त मन्त्रालयले बताएको छ । अमेरिकाले कालो सूचीमा राख्नुको अर्थ अब यदि उनीहरुको व्यक्तिगत सम्पत्ति अमेरिकामा भए जफत हुनेछ । साथै उनीहरुले अमेरिकी नागरिक र संस्थासँग व्यापार पनि गर्न पाउँदेनन् ।
अमेरिकाको यो कदमबारे उत्तर कोरियाले कुनै प्रतिक्रिया जनाएको छैन ।