दुई महिनामा बाढी पहिरोमा परी ४७ जनाको मृत्यु भएको सरकारले बताएको छ। व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री शक्ति बस्नेतले वैशाख १ गतेदेखि असार २३ गतेसम्मको अविरल वर्षाका कारण गएको बाढी र पहिरोमा परी देशका विभिन्न भागमा घटेका ११२ घटनामा ४७ जना नागरिकको ज्यान गएको बताएका छन्।
मन्त्री बस्नेतले बाढी पहिरोका कारण विभिन्न जिल्लामा १६ जना वेपत्ता तथा ५७ जना घाइते भएको जानकारी दिएका छन्। त्यसैगरी १३८ घर पूर्ण क्षति १६० आंशिक क्षति भएको मन्त्री बस्नेतले बताए। त्यसअतिरिक्त ११४ चट्याङका घटनामा परि ६२ जनाको मृत्यु भएको तीन घर पूर्ण ७ आंशिक क्षति भएको जानकारी गराए।
हालै ललितपुरको टौखेलमा पुष्पाञ्जली स्कूल सँगैको कम्पाण्ड पर्खाल भत्किएर कक्षाकोठामा अध्ययनरत दुई विद्यार्थीको पुरिएर निधन भएको र २१ जनाको सकुशल उद्धार गरिएको उनले बताए। दार्चुलामा बसन्ती धामीको मृत्यु चन्द्रदेव पन्त भागिरथी महरा अपि गाविस २९ घर पूर्ण क्षति, मन्दिर र विद्यालय क्षति भएको पनि बताए।
असार २१ गते गोरखामा तीन जनाको निधन तीन घाइते भएको र प्यूठानमा गएको पहिरोबाट घाइतेलाई शिक्षण अस्पतालमा उपचार भइरहेको र प्युठानमा रजवारा ३ मा पाँच जनाको मृत्यु भएको जानकारी गराए।
त्यसैगरी असार २१ गते सिन्धुपाल्चोकमा भोटेकोशी नदिमा पानीको वहाव बढ्न गई ४ किलोमिटर सडक खण्ड क्षतिग्रस्त हुँदा गाडी बगाएको विद्युतको तार छिनेको बताए।
भन्सार कार्यालयको कयान्टिन क्षति भएको पूल र भोटेकोशी हाइड्रोपावरको भवनमा क्षति पुगेको वेलिव्रिज बगाएको लिपिङ र तातेपानीमा २० घर बगाएको कुखुरा तथा प्लाईउड फर्म बगाएको उनले बताए।
जुरे पहिरोको बाटो कटान र लेदो पहिरोले बाटो अवरुद्ध भएको घटनाबारे प्रजिअको टोली सिन्धुपाल्चोकमा रहेको छ । दुवै तिरवाट पहिरो आई नदी रोकिएको थियो। सुरक्षा निकायले माकिङ गरी ठूलो जोखिमबाट बचाएको छ।
पहल र सक्रियताले मानवीय क्षति नभएको। गृह र बनमन्त्री र प्रतिनिधिले अनुगमनको काम भएको छ। खोज उद्दारको काम जारी छ। राहत तत्काल पुर्याइएको छ। मुग्लिन राजमार्ग लगायतको पहिरो पन्छाउने काम भइरहेको छ।
पश्चिम तराईका बाढी पीडितको हकमा पनि सहरी विकास मन्त्रालयमार्फत पीडितलाई राहत उपलव्ध गराउने काम भइरहेको छ ।
सिन्धुपाल्चोकका केही जोखिममा परेका क्षेत्रबाट अझै पनि बाहिर आउन नचाहने मानिसहरुलाई सुरक्षित स्थानान्तरणका लागि स्थानीय प्रशासनले आवश्यक व्यवस्था मिलाउने कार्य भएको बताए।
अरनिको राजमार्ग ४ किलोमिटर सडकखण्ड अवरुद्ध भएकोमा त्यसलाई सुचारु गर्ने पहल भइरहेको बताए।