कैलालीको धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ।
शुक्रबार बिहान आफ्नै घरमा करेन्ट लागेर ६१ वर्षीया जानकी कुँवरको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
करेन्ट लागेर घाइते भएका कुँवरलाई उपचारका लागि सेती अञ्चल अस्पताल पुर्याइएपनि उनको बाटोमै मृत्यु भएको सिनियर अहेव भरत कुँवरले जानकारी दिए।