देशभरका शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ। साउन महिनाको पहिलो सोमबारको अवसर पारेर शिव मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको हो।
शिव मन्दिरहरुमा खासगरी महिला भक्तजनहरुको भीड लागेको छ। काठमाडौको पशुपतिनाथ, धरानको पिण्डेश्वर बाबाधाम, जनकपुरको कपिलेश्वर, अर्घाखाँचीको सिद्धेश्वर, म्याग्दीको गलेश्वर लगायतका मन्दिरहरुमा पूरा आराधनाका लागि विहानैदेखि भक्तजनहरुको भीड लागेको छ।
पार्वतीले शिवको नाममा व्रत बसेर रुद्राभिषेक गरी आफ्नो मनोकामना पूरा गरेको धार्मिक उक्ति रहेका कारण हिन्दु महिलाहरुले साउने सोमबारलाई निकै महत्वपूर्ण दिनका रुपमा लिने गरेका छन्। साउने सोमबारका दिन व्रत वसेर शिव भगवानको पूजा आराधना गर्नाले आफूले चिताएको कुरा पूरा हुने धार्मिक विश्वासका कारण देशभरका शिव मन्दिरहरुमा विहानैदेखि भक्तजनहरुको भीड लागेको हो ।
महिलाहरु आफ्नो मनोकामना पूरा गर्न हरियो चुरामा सजिएर शिव मन्दिर पुगेका थिए । साउन महिनामा ५ वटा सोमबार परे भक्तजनहरुले अझ महत्व दिने गरेका छन् । यसपटक साउन महिनामा पाँच वटा सोमबार परेका छन् । शिव मन्दिर पुगेका भक्तजनहरु शिवको महिमा गाएर रमाएका छन् । पहिलो साउने सोमबार पारेर बोलबम मेला पनि सुरु भएको छ । बोलबम मेला अन्र्तगत शिवलिंगमा जल चढाउने गरिन्छ ।
भिडियो
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)