लर्डसको एतिहासिक मैदानमा क्रिकेटको सवैभन्दा पुरानो मानिने मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बिरुद्ध नेपालले जितका लागि २१८ रनको चुनौती दिएको छ।
मंगलबार भएको मैत्रीपूर्ण खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २१७ रन बनायो।
नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए। यस्तै कप्तान पारस खड्का ३० रन बनाएर आउट भए।
यस्तै शरद भेसवाकर २७, सागर पुन २६, राजु रिजाल र बसन्त रेग्मीले २४ रन बनाए। रेग्मी नटआउट रहे।
यस्तै सोमपाल कामीले २० तथा बिनोद भण्डारीले ९ रन बनाए। ओपनर अनिल मण्डल २ रनमा आउट भए।