चिकित्सा शिक्षामा भएको चरम वेतिथि हटाउन माग गर्दै अनसन बसेका डाक्टर केसीबारे मौनता साँध्दै आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केसीले संस्थागत गर्नु पर्ने भनेको माथेमा प्रतिवेदन खारेज गर्ने माग लिएर आएका विद्यार्थीको ज्ञापनपत्र भने बुझेका छन्।
चिकित्सा शास्त्र अध्ययन संस्थानको मधेसी विद्यार्थी समाजका अध्यक्ष विनय पञ्जीयार ३ विद्यार्थीले दिएको ज्ञापनपत्र बुधवार देउवाले बुझेका हुन्।
डाक्टर केसीको एउटा माग माथेमा प्रतिवेदनलाई सस्थागत गर्नु पनि हो।कांग्रेसकै पूर्वसभापति सुशील कोइराला तेतृत्वको सरकारले गठन गरेको केदारभक्त माथेमा संयोजकत्वको आयोगले चिकित्सा शिक्षालाई व्यवस्थित बनाउन प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनले डाक्टर केसीले चिकित्सा क्षेत्र सुधारका लागि राख्दै आएका माग सम्बोधन गर्दै प्रतिवेदन तयार गरेको थियो। यो प्रतिवेदन कार्यान्वयन भए चिकित्सा क्षेत्रको सुधार हुने धेरैले विश्वास गरेपनि सरकार र दलहरुले भने यसलाई संस्थागत गर्न चासो देखाएका छैनन्।
तर,माथेमा आयोग र त्यसले बुझाएको प्रतिवेदन ४८ घण्टाभित्र भगं गर्न आइओएमका ति विद्यार्थीहरुको मागपत्रलाई कांग्रेस सभापति देउवाले बुझेका छन्।
विद्यार्थीहरुको ज्ञापन पत्र बुझ्दै सभापति देउवाले माथेमा आयोगले बुझाएको प्रतिवेदन र समितिमाथि छलफल गर्ने बताए।
ति विद्यार्थीहरुले देउवा लगायत अन्यपार्टीका नेता र सरकारलाई पनि माथेमा आयोग समावेसी नभएको भन्दै त्यसलाई खारेज गर्न चेतावनी दिएका छन्।
'माथेमा आयोगले सरकारलाई विगतमा बुझाएको प्रतिवेदन मेडिकल शिक्षा र स्वास्थ्यलाई धरासायी बनाउने किसिमको रहेको र सिट कटौतिले विद्यार्थी समस्यामा परेको' ज्ञापनपत्रमा उल्लेख छ।
संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिकी सभापति रञ्जु झालाई पनि बुझाएका छन्। समाजका अध्यक्ष डाक्टर विनय पञ्जियारको नेतृत्वमा गएका विद्यार्थीहरुले केसीको अनसनै पिच्छे माग फेरिनुले अब विद्यार्थीमा शंका पैदा भएको बताए।
'एउटै समुदायको प्रतिनिधित्व हुने गरि बनाएइको माथेमा आयोगले र त्यसले बुझाएको प्रतिवेदन कुनैपनि हालमा मधेसी, आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम लगायतका हितमा हुन सक्दैन त्यसैले यसको पूर्ण खारेजीको माग गर्दछौँ' ज्ञापनपत्रमा भनिएको छ।