आफ्ना स्टार खेलाडीसँग समर्थकहरू कति हद सम्म भावनात्मक हुने गर्दछन्? यसको पछिल्लो उदाहरण बनेका छन्, बार्सिलोनाका अवकास प्राप्त अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीका एक कट्टर समर्थक।
सुली नाम गरेका २४ वर्षिय एक समर्थकले बार्सिलोनाका सुपरस्टार मेसीलाई भेट्न एक किलोमिटर लामो पौडी गरेका छन्।
स्पेनबाट प्रकाशित मुन्डो डेपोर्टिभोको बुधबारको अंकमा छापिएको छ–भेलेन्सियादेखि १ सय ५० किमी पूर्वीयतटमा रहेको मेडिटेरियन समुन्द्रको इबिजामा छुट्टी मनाइरहेका मेसीलाई उनको प्राइभेट जहाजमा देखेपछि यी युवा पानीमा हाम्फालेका थिए। उनले जहाजलाई पछ्याउने क्रममा करिब एक किमीको दुरी पुरा गर्नु परेको थियो।
कोपा अमेरिका कपको फाइनलमा चिलीसँग पराजित भएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका मेसीलाई स्पेनको एक अदालतले कर छलीको आरोपमा २१ महिनाको जेल सजाय तोकेको थियो।
उनी छुट्टी मनाउन इबिजा पुगेका थिए। पौडी खेल्दै पानी जहाज नजिकै पुगेका सुलीले उनीसँग भेट्ने इच्छा जाहेर गरेपछि मेसीले जहाज माथि उक्लिन स्विकृति दिएका थिए।
जहाजमा लामो समय यी दुवैले भलाकुसारी गरे। अन्त्यमा सुली मेसीसँग फोटो खिच्दै त्यहाँबाट बिलप भए।