संसद बैठक सुचारु गर्नेबारे सभामुख ओनसरी घर्ती र तीन दलका नेताहरुबीच छलफल सुरु भएको छ। संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छलफलमा कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरु सहभागी छन् भने एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने छलफलमा सहभागी भएका छैनन्। उनले आफ्नो तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङलाई पठाएका छन्। एमालेका अरु केही नेता भने छलफलमा सहभागी छन्।
यसअघि दिउँसो १ बजे प्रधानमन्त्रीसहित सभामुखले तीन दलका नेतासँग छलफल गर्ने भनिए पनि ओलीले आफू मन्त्रिपरिषद् बैठकमा व्यस्त भएकाले आउन नसक्ने बताएका थिए।
दिउँसो दुई बजेका लागि बोलाइएको संसद बैठक कार्यसूचीमा दलहरुबीच सहमति नभएपछि अहिलेसम्म सुरु हुन सकेको छैन।