साइकलप्रेमी तन्नेरीहरुले काठमाडौंमा ‘हिट् द ट्रेल’ नामक साइकल इभेन्ट गरेका छन्। उनीहरुले सामाखुशीबाट शिवपुरी भिलेज रिसोर्टसम्म साइकल कुदाए ।
घुमफिर वर्ष २०७३ का अबसरमा द पेडलर्स र गड इन्टरटेनमेन्टको आयोजनामा शनिबार ६५ जनाले साइक्लिङ गरेका हुन्। ‘हामीले ३० किलोमिटर साइक्लिङ गर्यौं’, कार्यक्रम संयोजक शुशील पौडेलले भने, ‘शिवपुरी एक्सप्लोर गर्ने हाम्रो प्रयास हो।’
साइक्लिङमा ब्रिज वाटर कलेजका विद्यार्थी र विदेशी पनि सहभागी थिए । कार्यक्रमलाई साँग्रिला विकास बैंक, गरिमा विकास बैंक लगायत संघसंस्थाले प्रायोजन गरेका थिए।
.gif)
(3).gif)
(4).gif)
(1).gif)
.gif)