अर्घाखाँचीमा आइतबार दिउँसो यात्रु बोकेको जीप सडकबाट खस्दा ९ जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन्। अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी घिमिरेका अनुसार सन्धिखर्कबाट प्युठानको बाजीकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको जीप हंसपुर– ५, रतनमाढेमा दिउँसो सवा तिनबजेतिर सडकबाट सात सय मिटर तल खसेको हो।
घिमिरेले जीप पहिरोमा सडकदेखि सात सय मिटर तल खसेको बताए। घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको र बाँकी कोही यात्रु भए नभएको बारे प्रहरीले खोजी गरिरहेको घिमिरेले बताए। यसअघि घिमिरेले सेतोपाटीलाई उक्त घटनामा १० जनाको ज्यान गएको बताएका थिए।
प्रहरीले जीप चालक यामवहादुर शिरिसलाई नियन्त्रणमा लिएको छ। चालकले जिपको टायर पम्चर र ब्रेक फेल भएपछि जिप खसेको बयान दिएका छन्। मृतकको सनाखत भइसकेको छैन।
*सच्याइएको