इंग्ल्याण्डले एक दिवसीय क्रिकेटमा अहिलेसम्मकै सबैभन्दा बढी रन बनाएको छ।
मंगलबार राति ट्रेन्ट ब्रिजमा पाकिस्तानसँगको तेस्रो एक दिवसीय क्रिकेटमा इंल्याण्डलर् किर्तिमानी रन बनायो।
इंग्ल्याण्डले निर्धारित ५० ओभरको खेलमा तीन विकेटको क्षतिमा ४ सय ४४ रन बनाएको हो। यो रन एक दिवसीय क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक हो।
यसअघि सन् २००६ मा श्रीलंकाले ९ विकेटको क्षतिमा ४ सय ४३ रन बनाएको थियो।
इंग्ल्याण्डलाई कीर्तिमानी रन बनाउन मंगलबार एलेक्स हेल्सले १ सय ७१ रन बनाए। एक दिवसीय क्रिकेटमा धेरै रन बनाउने इंग्ल्याण्डका ब्याट्सम्यान बनेका उनले १ सय २२ बलमा २२ चौका र ४ छक्का प्रहार गरेका थिए।
यस्तै २२ बलमा अर्धशतक नाएका जोस बटलर सबैभन्दा छिटो अर्धशतक बनाउने पहिलो खेलाडी बने। उनले सात चौका र सात छक्काको मद्दतमा नटआउट ९० रन बनाएका थिए।
४ सय ४५ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४२ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर दुई सय ७५ रनमा खुम्चियो। खेल
एक सय ६९ रनले इंल्याण्डले जित्यो।
पाकिस्तानका शरजित खान र मोहम्मद आमिरले समान ५८-५८ रन बनाए।
इंग्ल्याण्डका क्रिकस वोक्सले चार तथा एदिल रसिदले दुई विकेट लिए।
पाँच एक दिवसीयको श्रृँखलमा इंग्ल्याण्डले ३–० को अग्रता लिएको छ।