इटालीमा १८ वर्ष पुगेका बेरोजगार युवाले मासिक ५०० युरो भत्ता पाउने गरेका छन्। नेपालमा एउटा सानो जागिरको लागि धेरै सोर्स फोर्स लगाउनुपर्ने हुन्छ । यहाँ थोरै तलव भत्ताको जागिर खान पनि मन्त्रीको सोर्स फोर्स लगाइन्छ। तर इटालीमा जागिर नपाए पनि सोर्स फोर्स लगाउनु पर्दैन। जहाँ सरकारले हरेक १८ बर्ष पुगेका बेरोजगार युवालाई मासिक ५०० यूरो दिने घोषणा गरेको छ।
जुन रकम उनीहरुले आफ्नो अध्ययन लगायत जुन सुकै काममा खर्च गर्न सक्ने इटाली सरकारलाई उदृद्ध गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सरकारले हालसालै गरेको उक्त निर्णयबाट इटालीका ५ लाख ७५ हजार युवा लाभान्वित हुनेछन्।