तस्बिरः aandheekhola.wordpress.com
उर्जामन्त्री जनार्दन शर्माको नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक मुकेश राज काफ्लेलाई वर्खास्त गर्नुपर्ने प्रस्तावमाथि बिहीबारको मन्त्रिपरिषद्को वैठकले निर्णय गर्न सकेन।
सेवा अवधि सकिनु दुई महिनाअघि काफ्लेलाई वर्खास्त गर्न नहुने भन्दै कांग्रेसका मन्त्रीले विरोध गरेपछि मन्त्रिपरिषद्ले निर्णय गर्न नसकेको हो।
एक मन्त्रीले सेतोपाटीलाई दिएको जानकारीअनुसार कांग्रेसका मन्त्रीले स्वतन्त्र प्रतिस्पर्धाबाट आएका व्यक्तिलाई यसरी हटाउँदा गलत सन्देश जाने, बरु प्रधानमन्त्रीले नै उनलाई बोलाएर राजीनामा माग्नुपर्ने बताएपछि
निर्णय हुन नसकेको हो।
आइतबार मन्त्रालयमै बोलाएर काफ्लेको राजीनामा मागेका उर्जामन्त्री शर्माले बिहीबार उनको वर्खास्तीको प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए।