ब्राजिलमा जारि रियो पाराओलम्पिकको पदक तालिकामा एसियाली मुलुक चीन शीर्ष स्थानमा कायम छ।
अहिलेसम्म चीनले २० स्वर्ण, १७ रजत र १२ कास्य गरी ४९ पदक जितेको छ।
यस्तै १२ स्वर्ण, ६ रजत र ९ कास्य गरी २७ पदक जितेको बेलायत दोस्रो तथा ७ स्वर्ण, ६ रजत र १३ कास्य गरी २६ पदक जितेको युक्रेन तेस्रो स्थानमा छन्।
३ स्वर्ण, ८ रजत र ३ कास्य गरी १४ पदक जितेको अमेरिका चौथो तथा ३ स्वर्ण, ६ रजत र २ कास्य गरी ११ पदक जितेको आयोजक ब्राजिल पाँचौं स्थानमा छन्।