५ किलो चरेसहित सोह्रखुट्टे प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
धादिङका २९ वर्षीय चित्रबहादुर गुरुङ र दैलेखका ३२ वर्षीय नारायणप्रसाद खनाललाई पक्राउ गरिएको डिएसपी सोमेन्द्रसिंह राठौंरले जानकारी दिए।
उनीहरुले ठमेलमा बेच्नका लागि सो चरेस काठमाडौं आएको उनले बताए। ठमेलमा प्रतिकेजी ३० हजारका दरमा बेच्न सो चरेस ल्याएको उनीहरुले प्रहरीसमक्ष बताएका छन्। यसअघि ठमेल प्रहरीले १ किलो २ सय ५० ग्राम चरेसहित गुल्मीका निशान भट्टचन र काठमाडौं बाफलका सुजन क्षेत्रीलाई १ किलो चरेसहित पक्राउ गरेको थियो।